Monday, October 4, 2010

कविता

रुपान्तरण

-सन्दिपराज माझी, काभ्रे

कति धाउने खोला-नाला कति गर्ने ज्याला,

मरि-मरि काम गर्दा नी उल्टै गर्छन् हेला ।

साँझ-बिहान छाक टार्नलाई साह्रै गाह्रो हुन्छ,

आफ्नो कर्म सम्झि-सम्झि भित्री मन रुन्छ ॥

आँसु सँधै बगि रहन्छ बर्खाको भेल सरी,

जग्गा-जमिन सबै लुट्यो सामन्तले झेल गरी ।

अब मज्दुर जनताहरू शासक बन्नु पर्छ,

शासक र सामन्तीलाई शासित गर्नु पर्छ ॥

जुर्मुराउँ जनजाती हाते मालो गर्दै,

आफ्नो धर्म-संस्कृतिमा रुप रंग भर्दै ।

तडक-भडक संस्कारको बिट मारि दिऊँ,

नयाँ रुपी संस्कृतिको बिज रोपि दिऊ ॥


No comments:

Post a Comment