Monday, June 27, 2011

Dasai 2065


Wednesday, June 1, 2011

परम्परा तोडिदिउँला

परम्परा तोडिदिउँला
- निरूता माझी, सिन्धुपाल्चोक
कागजको टुक्रामाथि दुईचार शब्द कोरिदिउँला
केही उपहार नभएनि संझना छोडिदिउँला ।।
कहिले उता कहिले यता भइदिँदा दिक्क लागे
रात दिन जुटाएर एकैठाउँ जोडिदिउँला ।।
आज आफ्नो जिन्दगीको यति माथि पुगेकी छु
मोड्नुपरे दुबै मिलि पाउ अन्तै मोडिदिउँला ।।
धोका दिए पाप लाग्छ के मैले यति जानेकि छु
तोड्नै परे रितिथिति परम्परा तोडिदिउँला ।।